नेपाल बास्केटबल लिग जेठ ७ बाट
काठमाडौँ – करिब तीन वर्षको अन्तरालमा पुनः नेपाल बास्केटबल लिग (एनबीएल) हुने भएको छ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले पुरुषतर्फको तेश्रो तथा महिलातर्फको दोस्रो संस्करणको लिग आयोजना गर्न लागेको हो ।
आयोजकले काठमाडौ“मा आइतबार पत्रकार सम्मेलनमा पुरुषतर्फको एनबिएल जेठ ७ गतेदेखि तथा महिलातर्फको डब्लुएनबिएल जेठ १८ गतेबाट सञ्चालन हुने जानकारी गराएको हो ।
दुबैतर्फको फाइनल खेल साउन ७ गते आयोजना हुने आयोजक समितिका अरुण कार्कीले जानकारी गराए । उनले कोभिड महामारीका कारण लामो समय प्रतियोगिता आयोजना गर्न नसकिएको समेत बताए । प्रतियोगिता दुई महिनासम्म सञ्चालन हुने भएकाले यो नेपालकै सबैभन्दा लामो तथा ठूलो बास्केटबल लिगको रुपमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ टाइम्स इन्टरनेशनल, त्रिभुवन आर्मी क्लब, गोल्डेनगेट इन्टरनेशनल, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोको सहभागिता रहनेछ ।
महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसए नेपाल र एक टिम सुनिश्चित नभएको आयोजकले जनाएको छ ।
सहभागी टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे गरि दुई–दुई खेल खेल्नेछन । दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन् । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्री एलिमिनेटर खेल्नेछन् जित्ने टिम सिधै फाइनलमा फाइनल प्रवेश गर्नेछ ।
तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्री एलिमिनेटर खेल्नेछन र जित्ने टोलीले पहिलो क्वालिफायरको पराजित टोलीविरुद्ध फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ । दोश्रो क्वालिफायर पनि बेस्ट अफ थ्रीकै आधारमा खेलाइनेछ । दुवै तर्फको फाइनलमा भने एक खेल मात्र हुनेछ ।
पुरुषतर्फको लिग विजेता र उपविजेताले २ लाख र १ लाख रुपया प्राप्त गर्नेछन् भने महिलातर्फ १ लाख र ५० हजार पाउनेछन् । मस्ट भ्यालुएबल खेलाडी, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले समान १० हजार नगद प्राप्त गर्नेछन ।
प्रतियोगिताको टाइटल स्पोनसर बि सोलुसन प्राइभेट लिमिटेडले १० लाख बराबरको प्रायोजन गर्ने छ । अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी, एस्ट्रल स्किल्स इन्स्टिच्युट अफ अष्ट्रेलिया सहित लिनिङले पनि प्रायोजन गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया