एएफसी फुटसलः नेपालको पोष्टमा ११ गोल
काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो पराजय भोगेको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले ताजकिस्तानविरुद्ध ११–१ गोल अन्तरको पराजय भोगेको हो ।
उजबेकिस्तानको जितमा सारडोरोभ फयजालीले ह्याट्रिक पुरा गर्दा योरोभ इदरिस, हालिमोभ सभकात, कुजिएभ उमेद र रिजोमोभ सामानदारले दुई–दुई गोल गरे । नेपालका लागि आदिल हमिदले एक गोल फर्काए ।
आदिलले पहिलो हाफमा नेपाललाई सुरुवाती अग्रता दिलाएपनि उजबेकिस्तानले लगातार ११ गोल गर्न सफल भयो । पहिलो हाफमा नेपाल र उजबेकिस्तान १–१ को बराबरीमा रहेको थियो ।
प्रतियोगिता अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा उज्वेकिस्तानस“ग ५–१ ले पराजित भएको थियो ।
छनोट अन्तर्गत नेपाल समूह बी मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै रहेको छ । नेपालले तेस्रो खेल अफगानिस्तानविरुद्ध अप्रिल १२ मा खेल्ने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया