खेलकुद

बंगलादेश ३ सय ३२ रनले पराजित

इकागज |
चैत २८, २०७८ सोमबार १६:१० बजे

काठमाडौँ – दक्षिण अफ्रिकाले पाहुना टोली बंगलादेशविरुद्ध दोस्रो तथा अन्तिम टेष्टमा शानदार जित हात पारेको छ । दक्षिण अफ्रिकाले बंगलादेशलाई ३ सय ३२ रनले पराजित गरेको हो । यससँगै पहिलो खेलसमेत जितेको दक्षिण अफ्रिकाले सिरिज २–० ले क्लिन स्विप गरेको छ ।  

जितका लागि चाहिएको ४ सय १३ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो इनिङ्समा केवल ८० रनमै सबै विकेट गुमाउन पुग्यो । बंगलादेशका लिटोन दासले सर्वाधिक २७ रन जोडे । बंगलादेशको इनिङ्स धराशायी बनाउन केशव महाराजले सर्वाधिक ७ विकेट लिए भने सिमोन हार्मरले ३ विकेट लिए । 


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ५३ रन जोडेको थियो । केशव महाराजले सर्वाधिक ८४ रन बनाएका थिए भने बंगलादेशका तैजुल इस्लामले सर्वाधिक ६ विकेट लिएका थिए । 

जवाफमा बंगलादेश २ सय १७ रनमा अलआउट भएको थियो । उसका लागि मुसफिकुर रहिमले सर्वाधिक ५१ रन जोडेका थिए भने दक्षिण अफ्रिकाका सिमोन हार्मर र वियान मुल्डरले तीन–तीन विकेट हात पारे । 

दोस्रो इनिङ्स दक्षिण अफ्रिकाले १ सय ७६ रनमा ६ विकेट गुमाउदै टुंग्याएको थियो । 
 


Author

थप समाचार
x