खेलकुद

लुम्बिनीमा क्रिकेटर वार्नको सम्झना

इकागज |
चैत २९, २०७८ मंगलबार १२:१५ बजे

काठमाडौँ – अष्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा लुम्बिनीको मायादेवी मन्दिरमा दिप प्रज्वलन गरिएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, लुम्बिनी विकास कोष तथा डब्लुडब्लुएफ नेपालका प्रतिनिधिहरुले वार्नको सम्झनामा मायादेवी मन्दिरमा दिप प्रज्वलन गरेका हुन् ।

वार्नको ५२ वर्षको उमेरमा गत मार्च ४ तारिखमा थाइल्यान्डमा मृत्यु भएको थियो । वार्नले अष्ट्रेलियाका लागि सन् १९९१ देखि २००७ सम्म क्रिकेट खेले । उनले १ सय ४५ टेष्ट क्रिकेटमा ७ सय ८ विकेट समेत हात पारे । वार्नले १ सय ९४ एकदिवशीय क्रिकेट खेल्दा २ सय ९३ विकेट हात पारेका थिए । 


यसैबीच वार्नकै सम्झनामा जोहरा इन्टरनेशनलले भैरहवामा प्रो क्लब च्याम्पियनशीप आयोजना गरिरहेको छ ।
 


Author

थप समाचार
x