प्रो क्लब क्रिकेटः पुलिसको लगातार तेस्रो पराजय
काठमाडौँ – प्रो क्लब च्याम्पियनशीप क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लबले लगातार तेस्रो पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ । भैरहवाको सिद्धार्थ रंगशालामा मंगलबार भएको खेलमा मलेसिया क्लब ११ ले पुलिसलाई एक विकेटले पराजित गर्यो । मलेसियाले एक सय रनको लक्ष्य १७ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
मलेसियाको जितमा नजरिल रहमानले सर्वाधिक २७ रनको योगदान गरे । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १९ ओभर ४ बलमा अलआउट हुदै ९९ रनमा सिमित भयो । पुलिसका लागि प्रेम तामाङले २८ तथा पवन सर्राफले २५ रन जोडे । मलेसियाका सयद अजिजले सर्वाधिक ५ विकेट हात पारे । सरभिन मुनियन्डीले ३ विकेट लिए ।
तीन मध्ये दुई खेलमा जित हात पारेसँगै मलेसियाले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यता रुपन्देही ११ ले पनि दुई मध्ये दुई खेल जितेको छ र उसले दुई मध्ये एक खेल जितेको पुस स्पोर्टस दिल्लीविरुद्ध अन्तिम खेल खेल्नेछ । सोही खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया