खेलकुद

सोसिडाडको यात्रामा सिल्भा

डर्मेट कोरिगन |
कात्तिक २२, २०७७ शनिबार ६:५२ बजे

डेभिड सिल्भाले सन् २०१० मा भ्यालेन्सिया छाडेका थिए । प्रिमियर लिगमा १० वर्ष रहेपछि उनी यसै सिजन स्पेनिस ला लिगा फर्किए । आइतबार सेल्टा भिगोविरुद्वको खेलमा उनले आफ्नो नयाँ टीम रियल सोसिडाडका लागि सिजनको पहिलो गोल गरे । त्यो गोल सिल्भाका लागि विशेष रह्यो । किनभने ला लिगामा उनी दश वर्षपछि गोल गर्दै थिए ।

सिल्भाले सोसिडाडका लागि यस सिजन ६ लिग खेल खेलिसके । उनले आफ्नो पाँचौ खेलमा पहिलो गोल गर्न सफल भए । गोल गरेको एक सातापहिले उनले सोसिडाडको हुएस्काविरुद्वको जितमा दुई एसिस्ट पनि दिएका थिए । ला लिगामा सोसिडाड आठ खेलबाट १७ अंक बटुल्दै पहिलो स्थानमा छ । सोसिडाडले लिगमा यसपटक सर्वाधिक १८ गोल गरेको छ । अनि रक्षापंक्तिमा पनि बलियो देखिएको छ । सोसिडाडले अहिलेसम्म चार गोल मात्र खाएको छ । यो संख्या लिगमा सबैभन्दा कम गोल खाने एथलेटिको म्याड्रिडको भन्दा दुई मात्र बढी हो ।


सुरुवाती चरणका खेलहरुको विश्लेषण गर्दा, यसपटकको ला लिगाको उपाधि होड खुल्ला देखिएको छ । सोसिडाडले लिगका ठूला क्लबहरुलाई उपाधिका लागि टक्कर दिने सम्भावना कम छ । दिइहाले त्यसमा सिल्भाको भूमिका महत्वपूर्ण रहनेछ । नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड गत सिजन सोसिडाडमा थिए । लिगमा सोसिडाडलाई छैटौं स्थान दिलाउन उनले प्रभावशाली प्रर्दशन गरे । ओडेगार्डको अविभावक क्लब रियल म्याड्रिडले नयाँ सिजनका लागि उनलाई क्लबमै राख्ने निधो गरेपछि सोसिडाडले उनको ठाउँमा सिल्भालाई ल्यायो ।

त्यसो त सिल्भाले सोसिडाडमा आडेगार्डले भन्दा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । सुरुवाती खेलहरुमा सिल्भा जम्न सकेनन् । तर पछिल्ला दुई खेलहरुमा गोल र एसिस्टको खाता खोलेका सिल्भा आगामी दिनमा झन् निर्णयक हुने अनुमान गर्न गाह्रो छैन । गत सिजनको अन्त्यसँगै रियलले ओडेगार्डलाई फिर्ता बोलाउने निर्णय लियो । जसका कारण सोसिडाडले नयाँ मिडफिल्डरको खोजी गर्नैपर्ने स्थिति बन्यो । अनि सोसिडाडको नजर सिल्भा माथि पर्‍यो । म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएका कारण सिल्भा नयाँ क्लबको खोजीमा थिए । उनी इटालियन क्लब लाजियो जाने हल्ला चलिरहेको थियो । तर त्यहीबेला सोसिडाडले सिल्भासँग स्थान्तरणका लागि समझौता गर्‍यो ।

सिल्भाको सोसिडाडतर्फको स्थान्तरणमा क्लबका स्र्पोटिङ निर्देशक रोबर्टो ओलाबेको भूमिका उल्लेख्य रह्यो । उनी क्लबका पूर्व गोलकिपर हुन् । जोसँग जावी अलन्सोजस्ता मिडफिल्डरसँग खेलेको अनुभव छ । त्यसकारण पनि उनलाई उच्च कौशल भएको मिडफिल्डरहरुको प्रभावको महत्व राम्रोसँग थाहा छ ।

सिल्भाको सोसिडाडतर्फको स्थान्तरणमा क्लबका स्र्पोटिङ निर्देशक रोबर्टो ओलाबेको भूमिका उल्लेख्य रह्यो । उनी क्लबका पूर्व गोलकिपर हुन् । जोसँग जावी अलन्सोजस्ता मिडफिल्डरसँग खेलेको अनुभव छ । त्यसकारण पनि उनलाई उच्च कौशल भएको मिडफिल्डरहरुको प्रभावको महत्व राम्रोसँग थाहा छ । सिल्भा लाजियो जाने तय हुनै लाग्दा ओलाबेलेले चौतीस वर्षीय मिडफिल्डरका लागि घर फर्किने प्रस्ताव राखे । जसलाई स्वीकार गर्न सिटीका पूर्व मिडफिल्डरले धेरै समय लगाएनन् ।

ओलाबे सोसिडाड आउनुअघि कतारको एस्पाएर एकेडेमीसँग सम्बद्ध थिए । उनी आफ्नो पूर्व क्लब सन् २०१८ मा मात्रै फर्केका हुन् । उनी सोसिडाड आइसकेपछि टीममा व्यापक परिवर्तन भएको छ । उनी आइसकेपछि जावी प्रिएटो र इमानोल अगिररेचेजस्ता भेट्रान खेलाडीहरुले क्लब छाडे । यसअघि क्लबको युवा टोली सम्हालिरहेका इमानोल अलगुवासिल टीमको प्रशिक्षकका रुपमा नियुक्त भए। ‘ओलाबेले सोसिडाडमा राम्रो काम गरिरहेका छन् । उनलाई क्लबले ठूलाभन्दा ठूला निर्णय लिन सक्ने अख्तियारी दिएको छ । उनले प्रतिभाशाली खेलाडीहरुलाई अनुबन्धन गरेका छन् । अलगुवासिललाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णयले क्लबमा राम्रो नतिजा दिएको छ । सोसिडाडको एकेडेमीले राम्रा युवा खेलाडीहरु उत्पादन गरिरहेको छ । र ती खेलाडीहरुले लिगमा मौका पनि पाइरहेका छन्’ सोसिडाडलाई नजिकबाट नियालिरहेका एक स्रोतले भने । क्लबका पूर्व खेलाडी अलन्सो अहिले सोसिडाडको बी टीमलाई हेरिरहेका छन् । सोसिडाडले सेल्टालाई हराउँदा उसको टीममा रहेका १६ खेलाडीमध्ये १२ जना अलन्सो प्रशिक्षक रहेको बी टीमबाट बढुवा भएकाहरु हुन् । र, ती सबै खेलाडीहरुको उमेर २५ भन्दा कम छ । 

स्पेनको ब्यास्क क्षेत्रलाई प्रतिनिधित्व गर्ने ला लिगा क्लबहरुका खेलाडीहरुमा यस सिजन मिकेल मेरिनो सबैभन्दा प्रभावशाली देखिएका छन् । ओलाबेले मेरिनोलाई न्युकासल युनाइटेडबाट १२ मिलियन युरोमा खरिद गरेका थिए । धेरै वर्षसम्म सोसिडाड ब्यास्क क्षेत्रका प्रतिभाशाली युवा खेलाडीहरुलाई अनुबन्धन गर्ने दौडमा पछि रह्यो । किनभने खेलाडीहरुको रोजाई सधै ब्यास्क क्षेत्रकै अर्को क्लब एथलेटिको बिलबाओ हुन्थ्यो । त्यसकारण, सोसिडाडले आफ्नो एकेडेमी र खेलाडी पहिचान गर्ने प्रणालीलाई मजबुत बनाउने निर्णय लियो । त्यसकै नतिजा हो मेरिनोको अनुबन्धन । २४ वर्षीय मेरिनो स्पेनको राष्ट्रिय टोलीका सदस्य हुन् । उनी स्पेनको टोलीमा एथलेटिको म्याड्रिडका कोके र साउल निगेज भन्दा प्रतिभाशाली मानिन्छन् ।

त्यसो त मेरिनोले सेल्टा बिरुद्व खेलेनन् । गत साता युरोपा लिगमा नेपोलीसँग हारेको सोसिडाडको टीममा अलगुवासिलले परिवर्तन गर्दा मेरिनो बाहिरिए । सोसिडाडले सेल्टालाई पराजित गर्दा, मेरिनोसँगै इसाक, नाचो मोनरियल र एडम जानुजाज बेन्चमा रहे । सोसिडाडमा धेरै जसो नयाँ अनुहारहरु छन्, जसले क्लबमा दिइएको जिम्मेवारी राम्रोसँग पूरा गरेका छन् । उनीहरु स्पेनिस लिगमा नाम बनाउने क्रममा छन् । क्रिस्टियन र्पोटु त्यस्तै खेलाडीहरुमध्येका एक हुन् । उनलाई सोसिडाडले २०१९ मा जिरोनाबाट खरिद गरेको हो । जिरोना स्पेनको पहिलो श्रेणीबाट घटुवामा परेपछि सोसिडाडले र्पोटुलाई सस्तैमा अनुबन्धन गर्‍यो । सेल्टाविरुद्वको खेलमा उनले ब्राजिलियन स्ट्राइकर विलियान जोसालाई दुई एस्सिट उपलब्ध गराए । टीममा उनले ल्याएको प्रभाव देखेर सोसिडाडका सर्मथकहरु दंग छन् ।

क्लबका पूर्व खेलाडी अलन्सो अहिले सोसिडाडको बी टीमलाई हेरिरहेका छन् । सोसिडाडले सेल्टालाई हराउँदा उसको टीममा रहेका १६ खेलाडीमध्ये १२ जना अलन्सो प्रशिक्षक रहेको बी टीमबाट बढुवा भएकाहरु हुन् । र, ती सबै खेलाडीहरुको उमेर २५ भन्दा कम छ । 

र्पोटुले सेल्टाविरुद्वको खेलमा मिकेल ओयारजाबललाई प्रतिस्थापन गरेका थिए । ओयारजाबल सोसिडाडका मुख्य हतियार हुन् । उनको नेतृत्वदायी प्रर्दशनले सोसिडाडलाई कयौं खेलहरु जिताएको छ । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता रहेका ओयारजाबलले पाँच गोल गरिसकेका छन् । त्यस्तै लिगमा चार गोल गर्ने ६ खेलाडीहरुमध्ये र्पोटु पनि एक हुन् । ओयारजाबल क्लबका मुख्य खेलाडी भए पनि उनको उमेर भने धेरै भएको छैन । २३ वर्षका उनले सोसिडाडका लागि २०५ खेल खेलिसकेका छन् । उनको नाममा ५५ गोल र ३७ एसिस्ट छ । सोसिडाड थप बलियो क्लबका रुपमा उदाउँदा ओयारजाबलको भूमिका अझ महत्वपूर्ण हुनेछ । तर उनी सोसिडाडमा आउँदा सिजनहरुमा नरहने सम्भावना पनि उत्तिकै छ । त्यस्तो अवस्थामा उनको स्थान्तरण पक्कै पनि युरोपको ठूलोमध्येको एक क्लबतर्फ हुनेछ । त्यसो त, ओलाबोलाई आफ्ना मुख्य खेलाडीहरु बेच्नुपर्ने बाध्यता छैन ।

जोकिन एप्रिबे सोसिडाडका अध्यक्ष हुन् । जसले क्लबको सञ्चालन र व्यवस्थापनमा देखाएको कौशलका कारण प्रशंसा बटुलिरहेका छन् । उनको नेतृत्वमा क्लबको रगंशालाको मुहार फेरिएको छ । र, क्लब आर्थिक हिसाबले मजबुत नै देखिएको छ । सोसिडाडले गत सिजनको कोपा डेल रेको फाइनल खेल खेल्न बाँकी छ । जुन कोभिड-१९ कोरोना भाइरसको महामारीको कारण रोकिएको थियो । जब सर्मथकहरु रगंशालामा आउने वातावरण बन्छ, तब मात्र सोसिडाड र बिलबाओ बीचको कप फाइनल सञ्चालन हुनेछ । घरेलु कप जितेमा सोसिडाडलाई नयाँँ सिजनका लागि पक्कै उर्जा मिल्नेछ ।

सोसिडाड यसपटक लिगमा 'टीम टु वाच' बनेको छ । पाका तथा अनुभवी अनि प्रतिभाशाली युवा खेलाडीहरुले भरिएको सोसिडाडले सुन्दर फुटबल पस्किरहेको छ । यो सिजन रियल म्याड्रिड र बार्सिलोनाजस्ता परम्परागत शक्तिहरु विगतमा जस्तो धेरै बलिया छैनन् । त्यस्तै एथलेटिको म्याड्रिडले पनि धेरै खेलाडी किनबेच गरेकाले उसको सिजनको अन्त्यसम्म लय कस्तो रहनेछ भन्ने अनुमान गर्न ग्राहो छ । न त सेभिया र भिल्लारियल नै लिग जित्ने हैसियतमा छन् । भ्यालेन्सिया त झन रेलिगेट हुने लयमा छ । २०१४ मा एथलेटिकोले रियल र बार्सिलोनाको दबदबा तोड्दै स्पेनिस लिग जित्यो । त्यसयता कुनै पनि टोली त्यस्तो सम्भावनाको नजिक पुग्न सकेका छैनन् ।

सोसिडाड गएको पन्ध्र वर्षमा एक पटक मात्र शिर्ष चारमा पर्न सफल भयो । जारी सिजन, अनुमान नै गर्न नसकिने तरिकाले अघि बढ्दैछ । यस्तो अवस्थामा सोसिडाडले आश्चर्यचकित बनाउने नतिजाहरु दिने हो भने त्यसमा पक्कै पनि सिल्भाको देन महत्वपूर्ण हुनेछ । 

(कोरिगन दि एथलेटिकका लागि स्पेनिस फुटबल लिगको रिर्पोटिङ गर्छन् । उनको आलेख इकागजका प्रबिनबिक्रम कटवालले अनुवाद गरेका हुन् ।)


Author

थप समाचार
x