खेलकुद

एसिया कप र विश्वकपमा पुग्न 'ग्रासरुट'लाई महत्व दिनुपर्छः अलमुताइरी

इकागज |
बैशाख २, २०७९ शुक्रबार १२:४१ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले 'ग्रासरुट'बाटै फुटबलको विकास नगरेसम्म नेपालका लागि एसिया कपमा छनोट हुने सम्भावना नरहेको बताएका छन् ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणका लागि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु भएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा अलमुताइरीले एसिया कप तथा विश्वकपमा छनोट हुने सपना साकार पार्न ग्रासरुटबाटै फुटबलको विकास गर्नुपर्ने बताए । 


‘ग्रासरुटबाटै फुटबल विकास गर्न ग्रासरुट स्तरमा नियमित फुटबल लिग, ५० देखि एक सयजनासम्मको प्रशिक्षकले नियमित प्रशिक्षण गराउने तथा देशको विभिन्न स्थानमा कम्तिमा पनि २० वटा फुटबल एकेडेमीको संचालन हुनुपर्छ,’ अलमुताइरीले भने ।

उनले नेपाली खेलाडीहरुमा ग्रासरुटबाटै फुटबलसम्बन्धि ज्ञानको विकास गराउनुपर्ने कुरामा जोड दिए । अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) संचालन भएको ५० वर्षभन्दा माथि भइसक्दा पनि ग्रासरुट फुटबल विकास गर्न नसकेको बताए । एन्फा सन् १९५१ मा स्थापना भयो भने सन् १९७२ मा फिफाको सदस्य बनेको थियो । एन्फा फिफाको सदस्य बनेको ५० वर्ष पुराभएको छ । 

‘५० वर्ष भन्दा बढी भएपनि एन्फाले ग्रासरुट फुटबलको विकास गर्न सकेको छैन् । एन्फाले केवल ४ देखि ६ वटा सम्म फुटबल एकेडेमी संचालन गर्न सकेको छ । यसले केही पनि हु“दैन,’ अलमुताइरीले थपे ।

यता एन्फाका सदस्य तथा टिम म्यानेजर मधुसुदन उपाध्यायले अहिले विभिन्न ९ वटा फुटबल क्लबले एन्फा र विद्यालयस“ग मिलेर फुटबल एकेडेमी संचालन गरिरहेको बताए । उपाध्यायले एएफसी लाइसेन्सिङका कारण पनि एकेडेमी संचालन हुन थालेको जनाए । 
 


Author

थप समाचार
x