रुटले इंग्ल्यान्डको कप्तानी छाडे
काठमाडौँ – जोए रुटले इंग्ल्यान्ड टेष्ट क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिएका छन् । वेस्ट इन्डिजविरुद्धको टेष्ट सिरिज गुमाएपछि रुटले कप्तान पदबाट राजीनामा दिएका हुन् ।
सन् २०१७ मा अलेस्टर कुकको स्थानमा रुटलाई कप्तान नियुक्त गरिएको थियो । रुट कप्तानका रुपमा इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने तथा सर्वाधिक खेल जित्ने खेलाडी हुन् ।
तर पछिल्लो पटक इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेष्ट खेलमा १० विकेटको पराजय भोगेको थियो । रुटको कप्तानीमा इंग्ल्यान्ड पछिल्ला ९ खेलमा जित विहिन रहेको छ । त्यसपछि उनले आफू कप्तान रहिरहन चाहेको बताएपनि पदबाट राजिनामा दिएका छन् ।
रुटले कप्तानको रुपमा इंग्ल्यान्डका लागि टेष्ट क्रिकेटमा ५ हजार २ सय ९५ रन जोड्नुका साथै १४ शतक प्रहार गरेका छन् । उनले इंग्ल्यान्डको कप्तानको रुपमा ६४ टेष्ट खेल्दा २७ मा जित तथा २६ मा पराजय भोगेका छन् ।
तर अष्ट्रेलियाविरुद्धको एसेस टेष्ट सिरिजमा दुई पटक ४–० को पराजय भोगेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया