महिला गोल्डकपः उदघाटनमा पुलिस र चन्द्रपुर खेल्ने
काठमाडौँ – मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिका भिड्ने भएका छन् ।
आयोजक बनदेवी युवा क्लबले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार पुलिस र चन्द्रपुरबीच उदघाटन खेल शनिबार धनगढी रंगशालामा हुने भएको हो । प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल वैशाख १० गते हुनेछ ।
प्रतियोगिताको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र उत्कृष्टलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया