चहरले करिब १४ करोड भारु गुमाउने
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सका बलर दिपक चहरले करिब १४ करोड भारतीय रुपैया गुमाउने भएका छन् । चोटका कारण यस वर्षको आईपीएलबाट बाहिरिएपछि फास्ट बलर चहरले करिब १४ करोड भारु गुमाउने भएका छन् ।
गत फेब्रुअरीमा भएको मेगा अक्सनबाट चेन्नईले चहरलाई १४ करोडमा खरिद गरेको थियो । अक्सनमा चहर सर्वाधिक महंगो खेलाडीको दोस्रो स्थानमा रहेका थिए ।
बलिङका साथै ब्याटिङ समेत गर्न सक्ने क्षमता भएका कारण चेन्नईले चहरलाई टिममा भित्र्याएको थियो । उनी विगत केही वर्षदेखि चेन्नईको एक महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया