खराब प्रदर्शन जारी राखे कोहलीलाई ड्रप गर्नुपर्ने सोएबको धारणा
काठमाडौँ – पूर्व पाकिस्तानी क्रिकेटर सोएब अख्तरले खराब प्रदर्शन जारी राखे विराट कोहलीलाई प्लेईङ सेटबाट हटाउनुपर्ने धारणा राखेका छन् । १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहदा रोयल च्यालेन्जर्स बैैगलोरले दिल्ली क्यापिटल्सविरुद्ध खेल्नु अघि अख्तरले कोहलीको बारेमा टिप्पणी गरेका हुन् ।
अघिल्ला सिजन भन्दा कोहली यस पटक केवल एक खेलाडीको रुपमा मात्र मैदानमा उत्रिने गरेका छन् किनभने उनीमाथि कप्तानीको जिम्मेबारी छैन् । उनले अघिल्लो सिजनको अन्त्यमा कप्तानी छाडेका थिए ।
अहिले सबैले कोहलीको प्रदर्शनमाथि विशेष ध्यान दिइरहेका छन् । बैंगलोरले खेलेका ५ वटै खेलमा कोहलीले ब्याटिङ गरेका छन् । ५ मध्ये बैंगलोरले ३ खेलमा जित हात पार्दा २ खेलमा पराजय भोगेको छ ।
जारी सिजनमा कोहलीले पञ्जाब किंग्सविरुद्ध अविजित ४१, कलकत्ता नाइटराईडर्सविरुद्ध १२, राजस्थान रोयल्सविरुद्ध ५, मुम्बई इन्डियन्सविरुद्ध ४८ तथा चेन्नई सुपर किंग्सविरुद्ध केवल १ रन बनाएका छन् । उनले कुनै पनि खेलमा अर्धशतक पुरा गर्न सकेका छैनन । उनले ५ खेलमा केवल १ सय ७ रनमात्र जोडेका छन् ।
पाकिस्तानी पूर्व फास्ट बलर अख्तरले कोहलीको खराब प्रदर्शन जारी रहे उनलाई छुट दिन नहुने तथा उनलाई प्लेईङ सेटबाट हटाउनुपर्ने जनाए । स्पोर्टसकिडासँगको कुराकानीमा अख्तरले आईपीएलमा खेलाडीको प्रदर्शन मुख्य कुरा भएको बताउदै जो कोही, चाहे त्यो विराट कोहली नै भएपनि छुट दिन नहुने धारणा राखे ।
अख्तरले कोहलीलाई एक सामान्य खेलाडीको रुपमा आफूमाथि कुनै कुराको बोझ नराखेर खेल्न समेत सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया