राष्ट्रिय भेट्रान्स कप फुटबलमा एकैदिन ६ खेल
पोखरा - पोखरामा जारी राष्ट्रिय भेट्रान्स कप ९ ए साइड फुटबल प्रतियोगितामा एकैदिन ६ खेल भएका छन् । पहिलो खेलमा संगम बीले वोलुङ ठमेललाई ३–१ गोल अन्तरले हरायो ।
संगमका लागि नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए भने वोलुङका लागि महेन्द्र गुरुङले ४८ मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा फ्रिडम फाइटरले हेटौंडा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
फ्रिडमका लागि राजकुमार घिसिङले १६ र ५१ औं मिनेटमा गोल गरे भने विक्रम श्रेष्ठले ४१ औं मिनेटमा एक थपे । हेटौडाको नागसोती भेट्रानलाई जोरपाटी भेट्रान काठमाडौंले २–१ गोलअन्तरले हरायो । रञ्जित लामा र निमा लामाले जोरपाटीका लागि एक/एक गोल गर्दा नागसोतीका लागि सुलभजंग राणाले सान्त्वना गोल फर्काए।
ठमेल एमफसीलाई चितवन भेट्रानले २–० गोलले हरायो । चितवनका लागि भरत गुरुङ र सुरेन्द्र चौधरीले ३४ र ४७ औं मिनेटमा गोल गरे । सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–० गोलले पराजित गर्यो । सागर थापाले दुई र शुक्र तामाङले एक गोल । सागर प्लेयर अफ दि म्याच घोषित भए । भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मर्स्याङ्दी क्लबले वाकओभर पाएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने टोलीले पनि ३०÷३० हजार नगद पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरू सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया