सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट
काठमाडौँ – सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने भएको छ । चारदिने प्रतियोगिता रोयाल नेपाल गल्फ क्लबमा आयोजना हुनेछ ।
प्रतियोगिता ७२ होलको हुने तथा प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने प्रोफेसनल गल्फर एसोसियसनका महासचिव दिपक आचार्यले जानकारी गराए । ५६ खेलाडीमध्ये ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडी रहनेछन् ।
आचार्यका अनुसार प्रतियोगितामा बेलायतबाट ७ जना खेलाडी समेत प्रतियोगितामा सहभागिता जनाउन आउनेछन् ।
प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापासहितका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ६५ हजार प्राप्त गनेृछन् । तेस्रोले हुनेले ४६ हजार प्राप्त गर्नेछन् भने शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया