खेलकुद

विश्व तेक्वान्दो च्याम्पियनशीपमा ५ नेपाली खेलाडी

इकागज |
बैशाख ५, २०७९ सोमबार १७:४२ बजे

काठमाडौँ – मंगलबारबाट दक्षिण कोरियाको गोयाङ सहरमा सुरु भएको विश्व पुम्से च्याम्पियनशीपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनशीपमा पुरुष ५० वर्षमुनितर्फ रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् । 


च्याम्पियनशीपमा सहभागी हुन लागेका कमल र पार्वती १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । 

यसैबीच नेपाली तेक्वान्दो टोलीको सोमबार विदाई गरिएको छ । 


Author

थप समाचार
x