खेलकुद

तेक्वान्दो खेलाडीको बिदाइ

इकागज |
बैशाख ६, २०७९ मंगलबार ६:१२ बजे

काठमाडौँ - यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीको  बिदाइ गरिएको छ । उक्त प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

उक्त च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनिको समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरतर्फ १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।


च्याम्पियनसिपमा सहभागी हुन लागेका श्रेष्ठ र गुरुङ नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् । 

निर्णायकमा नेपालका लामा 

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । तेक्वान्दोका सहायक प्रशिक्षक लामाले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । लामाले यसअघि पनि एसियाली तथा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । 


Author

थप समाचार
x