खेलकुद

केन्याका इभान र पेरेसलाई बोस्टन म्याराथनको उपाधि

इकागज |
बैशाख ६, २०७९ मंगलबार १०:३५ बजे

काठमाडौँ – केन्याका इभान चेवेट तथा पेरेस जेपचिरचिरले अमेरिकामा सम्पन्न बोस्टन म्याराथनको उपाधि जितेका छन् । चेवेटले २ घण्टा ६ मिनेट तथा ५१ मिनेटमा निर्धारित दुरी पुरा गरी पुरुषतर्फको उपाधि हात पारे । चेवेटले सन् २०१९ का विजेता लवरेन्स चोरोना तथा साविक विजेता बेनसोक किपरुटोलाई पछि पार्दै उपाधि जिते । 

चोनोरा ३० सेकेन्डले पछि पर्दै दोस्रो भ एभने २ घण्टा ७ मिनेट र २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरेका किपरुटो तेस्रो भए । 


महिलातर्फ भने गत वर्ष न्यूयोर्क म्याराथन विजेता तथा ओलम्पिक च्याम्पियन पेरेसले इथियोपियाकी अबाबेल यसानहलाई पछि पार्दै उपाधि जितिन् । पेरेसले २ घण्टा २१ मिनेट तथा १ सेकेन्डमा निर्धारित दुरी पुरा गरेकी थिईन् । उनी अबाबेल भन्दा केवल ४ सेकेन्डले अघि रहेकी थिईन् । केन्याकी मेरी नगुगी तेस्रो भईन् । 

सन् १८९७ मा सुरु भएको बोस्टन म्याराथन सन् २०२१ मा कोरोना महामारीका कारण पहिलो पटक स्थगित भएको थियो । 
 


Author

थप समाचार
x