हालान्डलाई भित्र्याउन सिटी ७५ मिलियन तिर्न तयार
काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एर्लिङ हालान्डलाई भित्र्याउन ७५ मिलियन यूरो तिर्न तयार रहेको छ । सिटीले जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्डका हालान्डको रिलिज शर्त पुरा गर्न ७५ मिलियन यूरो तिर्न तयार रहेको स्काई स्पोर्टसले जनाएको छ ।
सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले यसै वर्ष हालान्डलाई ल्याउने प्रयासमा रहेको बताइएको छ । तर ७५ मिलियन यूरो हालान्डका लागि कम भएको बताइएको छ ।
यता बेलायती मेडियाले भने २१ वर्षीय हालान्डका लागि ५ लाख डलर प्रत्येक हप्ता तिर्नुपर्ने छ । अर्कोतर्फ डर्टमन्डले हालान्डको स्थानमा साल्जवर्गका स्ट्राइकर करिम अडेयमीलाई भित्र्याउन लागेको स्काई स्पोर्टसले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया