खेलकुद

दिल्ली र पंजाबको खेलस्थल परिवर्तन

इकागज |
बैशाख ६, २०७९ मंगलबार १५:४ बजे

काठमाडौँ – इन्डियन प्रिमियर लिग आइपीएल को दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल स्थान परिवर्तन भएको छ । बुधबार पुणेमा हुने भनिएको खेल मुम्बइ सारिएको बीसीसीआईले जनाएको छ । दिल्लीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएपछि खेलस्थल परिवर्तन गरिएको हो ।

पुणेको एमसिए स्टेडियममा हुने भनिएको खेल अब मुम्बइको बारबोर्न स्टेडियम हुनेछ । बीसीसीआईले कोभिड संक्रमण रोक्नका लागि स्थान परिवर्तन गरिएको जनाएको छ ।


दिल्ली टिममा ५ जनालाई कोभिड संक्रमण देखिएको छ । अलराउन्डर मिचेल मार्स, थेरापिस्ट चेतन कुमार, डाक्टर अभिजित साल्भी र सामाजिक सन्जाल चलाउने आकाश मानेलाई कोरोना लागेको बीसीसीआईले जनाएको छ ।


Author

थप समाचार
x