एनएसएल भदौँ २५ देखि आयोजना गर्ने प्रस्ताव एन्फामा
काठमाडौँ – आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट प्रालिले नेपाल सुपर लिगको दोस्रो संस्करण भदौँ २५ देखि कातिक ५ गतेसम्म आयोजना गर्ने प्रस्ताव गरेको छ । नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले मंगलबार अखिल नेपाल फुटबल संघलाई प्रस्तावित मिति पठाएको हो ।
‘हामीले लिग आधारमै एनएसएल गर्नेगरी मिति प्रस्ताव गरेका हौ । अब एन्फाले के निर्णय गर्छ, उनीहरुको हातमा छ,’ एनएसएल श्रोतले इकागजलाई बताए ।
यस अघि विवादका कारण एन्फाले चैत २६ गतेबाट हुने भनिएको प्रतियोगिता स्थगित गर्न आग्रह गरेको थियो । दोस्रो संस्करणमा १० टिमले सहभागिता जनाउनेछ । दोस्रो संस्करणका लागि खेलाडीको अक्सन समेत भइसकेको छ ।
दोस्रो संस्करणमा साविक विजेता काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, टिम झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया