कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्दै भारतमा प्रतिस्पर्धा गर्ने
भैरहवा- बैशाख १० र ११ हुने स्पाेर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए । प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया