खेलकुद

पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सारापोभा गर्भवती

इकागज |
बैशाख ७, २०७९ बुधबार १३:५८ बजे

काठमाडौँ -  पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मारिया सारापोभा गर्भवती भएकी छन् । आफ्नो ३५ औ जन्मदिन मनाउनेक्रममा रुसी पूर्व खेलाडी सारापोभाले आफू गर्भवती भएको बताइन् । उनले पहिलो बच्चालाई जन्मदिन लागेको सामाजिक सञ्जालमार्फत जनाइन् ।

पाँच पटककी ग्रान्ड स्लाम विजेता सारापोभाले सन् २०२० मा सन्यासको घोषणा गरेकी थिइन् ।


‘अमूल्य सुरुवात !!!,’ उनले समुद्र तटमा उभिएको र मुस्कुराउँदै गरेको फोटोको साथमा लेखेकी छन् । ‘दुई जनाका लागि जन्मदिनको केक खानु सधैं मेरो विशेषता हो।’ 

डिसेम्बरमा सारापोभा र बेलायती व्यापारी अलेक्जान्डर गिल्केसले इन्गेजमेन्ट भएको खुलासा गरेका थिए । सारापोभाले रुसीका लागि खेलेपनि उनी सानैदेखि अमेरिकामा बस्दै आएकी छन् ।


Author

थप समाचार
x