रुस र बेलारुसका खेलाडीले विम्बल्डन खेल्न नपाउने
काठमाडौँ - रुस र बेलारुसका खेलाडीहरुले यस वर्षको विम्बल्डन टेनिसमा सहभागिता जनाउन नपाउने भएका छन् । रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको तथा बेलारुसले रुसलाई सहयोग गरेकोमा वेलायतमा हुने विम्बल्डनमा दुबै देशका खेलाडीले खेल्न नपाउने भएका हुन् ।
यसको अर्थ विश्व नम्बर दुई रुसी खेलाडी ड्यानियल मेदभेदेभ र महिलातर्फकी विश्व नम्बर चार बेलारुसकी अर्यना सावालेन्कासहितका खेलाडी प्रभावित हुने बीबीसीले जनाएको छ ।
तर जुन २७ देखि जुलाई १० सम्म संचालन हुने प्रतियोगितामा देशको झण्डा नबोक्ने शर्तमा भने उनीहरुले सहभागीता जनाउन पाउनेछन् । गतवर्ष सावालेन्का सेमिफाइनल तथा मेदभेदेभ चौथो चरणसम्म पुगेका थिए ।
यस अघि वेलायतका खेलकुद मन्त्री निगेल हडल्सटोनले रुसको झण्डामुनी कुनै पनि खेलाडीले खेल्न नपाउने बताएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया