खेलकुद

धोनीका पाँच उत्कृष्ट ‘फिनिसिङ’

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १२:५८ बजे

इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध महेन्द्र सिंह धोनी उत्कृष्ट ‘फिनिसिङ’ गर्दै चर्चामा आएका छन् । उनै धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेका पाँच उत्कृष्ट ‘फिनिसिङ’ पुन: चर्चामा आएको छ ।

२००५ मा श्रीलंकाविरुद्ध छक्का प्रहार


जयपुरमा २ सय ९९ रनको लक्ष्य पछ्याएको भारतका लागि धोनीले २३ बल बाँकी छदाँ जित हात पारेको थियो । तर भारतलाई जित दिलाउन धोनीले छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका थिए । उक्त खेलमा धोनीले अविजित १ सय ८३ रन जोडेका थिए जुन कुनै पनि विकेटकिपरका लागि एकदिवशीयमा सर्वाधिक रन हो ।

२०१२ मा अष्ट्रेलियाविरुद्ध महत्वूर्ण छक्का

घरेलु टोली अष्ट्रेलियाविरुद्ध २ सय ७० रनको लक्ष्य पछ्याएको भारतले ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको तथा अन्तिम १६ ओभरमा ९२ रनको आवश्यकता रहेको अवस्थामा धोनी मैदानमा उत्रिए ।

३९ रनको आवश्यकता भएको अवस्थामा सुरेश रैना आउट हुनु तथा १३ रन आवश्यकता रहेको अवस्थामा रविन्द्र जडेजा पनि आउट भएपछि धोनीमाथि जिम्मेवारी थपियो ।

अन्तिम ४ बलमा १२ रनको आवश्यकता रहेकोमा धोनीले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गरे तथा बलर क्लिन्ट माइककेले फालेको चौथो बल नो बल हुँदा धोनीले दुई रन समेत लिन भ्याउछन् । चौथो बलमा भने धोनीले ३ रन लिएर जित दिलाउछन् ।

२०१३ मा श्रीलंकाविरुद्ध छक्का प्रहार

श्रीलंकाविरुद्ध २ सय २ रनको लक्ष्य पछ्याउदा भारतले १ सय ८२ जोड्दा ९ विकेट गुमाउन पुग्छ । तथा अन्तिम ६ बलमा भारतलाई १५ रनको आवश्यकता भएको अवस्थामा अन्तिम ओभरको पहिलो बल धोनीले डट खेलेपनि दोस्रो बलमा छक्का, तेस्रो बलमा चौका तथा चौथो बलमा छक्का प्रहार गर्दै जित दिलाउछन् ।

२००६ मा पाकिस्तानविरुद्ध शतक साझेदारी, चौका प्रहार गरि जित  

पाकिस्तानविरुद्ध लाहोरमा २ सय ९२ रनको लक्ष्य पछ्याउदा ३५ ओभरभित्रै भारतले ५ विकेट गुमाउन पुग्छ । तर धोनी र युवराज सिंहले १ सय २ रनको साझेदारी गर्दै भारतको जित सुनिश्चित गर्छन् । ४८ औं ओभरको चौथो बलमा धोनीले चौका प्रहार गरी खेल अन्त्य गर्छन् । उक्त खेलमा धोनीले ४६ बलमा ७२ रन बनाउछन् ।

२०११ को विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध छक्का प्रहार

२०७५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले २२ ओभरमा विराट कोहलीलाई गुमाउदा १ सय १४ रन तथा ३ विकेट गुमाइसकेको हुन्छ । अनि युवराज सिंह भन्दा अगाडी आफै ब्याटिङ गर्न धोनी आइपुग्छन् । उनले ४९ औं ओभर बलिङ गर्न आएका नुवान कुलासेकाराको को दोस्रो बलमा छक्का प्रहार गर्दै भारतलाई २८ वर्षपछि एकदिवशीय विश्वकपको उपाधि दिलाउँछन् ।


Author

थप समाचार
x