रोहितको नाममा नचाहिने कीर्तिमान
काठमाडौँ – ईन्डियन प्रिमियर लिग अन्तर्गत चेन्नइ सुपर किंग्सविरुद्धको खेलमा डक आउट भएपछि मुम्बई ईन्डियन्सका कप्तान रोहित शर्माले कीर्तिमान कायम गरेका छन् । रोहितले आईपीएलमा सर्वाधिक डक आउट हुने खेलाडीको कीर्तिमान कायम गरेका हुन् ।
चेन्नइविरुद्धको खेलमा पहिलो ओभरमै रोहित शून्य रनमा आउट भएका थिए । योसँगै रोहित आईपीएलमा सर्वाधिक १४ पटक डकआउट भएका छन् । पियुस चावला, हरभजन सिंह र पार्थिव पटेल समान १३ पटक डकआउट भएका छन् ।
आईपीएलमा मुम्बईले लगातार ७ खेलमा पराजय भोग्दा रोहितले खराब लयमा छन् र उनले ४१, १०, ३, २६, २८, ६ र शून्य रन बनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया