खेलकुद

राष्ट्रिय खेलकुदलाई वर्षाले असर नगर्ने सदस्य सचिवको दावी

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १८:२२ बजे

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई वर्षाले असर नगर्ने दावी गरेका छन् । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । जबकी उक्त समय वर्षाको हो ।

राष्ट्रिय खेलकुदमा ३६ खेल तथा दुई प्रर्दशनी खेल समावेश गरिने भएको छ। राष्ट्रिय खेलकुदमा क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिने छ । छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।


क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु आउटडोरमा हुनेछन् र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ । तर सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए । साथै उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए ।

यसका साथै उनले प्रदेशको खेलाडी छनोटका लागि प्रदेश तथा विभागिय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको र उनीहरुले जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्नेछ । 

घिसिङले नवौं राष्ट्रिय खेलकुद नै १४ औँ दक्षिण एसियाली खेलकुदको आधार हुने उल्लेख गरे ।


Author

थप समाचार
x