दिल्ली क्यापिटल्सका कप्तान पन्तलाई जरिवाना
काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) को क्लब दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तलाई उनको ‘म्याच फी’ को शतप्रतिशत जरिवाना गरिएको छ ।
राजस्थान रोयल्सविरुद्ध मुम्बईको वानखेडे स्टेडियममा भएको खेलका क्रममा आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ‘म्याच फी’ को शतप्रतिशत जरिवाना गरिएको हो ।
उनले खेल भावना विपरित कार्य प्रदर्शन गरेका थिए । पन्तले मैदानमा रहेका अम्पायरहरूले कम्मरभन्दा माथि फालिएको बल जाँच नगरेको भन्दै रिसाए।
त्यसैगरी दिल्लीका सहायक प्रशिक्षक प्रविण अमरेलाई पनि शतप्रतिशत जरिवाना गरिएको छ । उनलाई एक खेलको प्रतिवन्ध समेत लगाइएको छ ।
यता अलराउन्डर शारदुल ठाकूरलाई भने ५० प्रतिशत जरिवाना गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया