खेलकुद

खेल पुन: खेल्नुपर्ने फिफाको निर्णयविरुद्ध अर्जेन्टिनाले अपिल गर्ने

इकागज |
बैशाख १०, २०७९ शनिबार १७:४५ बजे

काठमाडौँ – अर्जेन्टिना फुटबल एसोसिएसनले विश्वकप छनोट अन्तर्गतको अर्जेन्टिना र ब्राजिलबीचको खेल पुन: खेलाइने फिफाको निर्णयविरुद्ध अपिल गर्ने भएको छ ।

यस अघि कोभिडको क्वारेन्टाइनको नियम उलंघन भएको भन्दै २०२१ को सेप्टेम्बरमा अर्जेन्टिना र ब्राजिलबीचको खेल सुरु भएको ५ मिनेटमै स्थगित गरिएको थियो । फिफाले उक्त खेल २०२२ सेप्टेम्बर २२ मा खेलाउने निर्णय गरेको छ ।


तर अर्जेन्टिना फुटबल एसोसिएसनले भने उक्त निर्णयविरुद्ध कोर्ट अफ आरविट्रेसन अफ स्पोर्टमा अपिल गर्ने जनाएको छ । उसले उक्त निर्णय अनुचित रहेको तथा खेल रद्द गर्नुमा अर्जेन्टिनाको गल्ती नरहेको जनाएको छ ।

यस अघि ब्राजिल टिमका डाक्टरले अर्जेन्टिनाका चार खेलाडीले गलत सूचना दिएको आरोप लगाएपछि खेल स्थगित भएको थियो ।

तर कतार विश्वकपमा दुबै टिमले स्थान बनाइसकेको हुनाले उक्त खेलको महत्व भने छैन ।


Author

थप समाचार
x