पीएसजी लिग वान च्याम्पियन, बार्सिलोना छाडेपछि मेस्सीको पहिलो उपाधि
काठमाडौँ – लियोनल मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि हात पारेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रान्सको लिग वानको उपाधि सुनिश्चित गरेपछि मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि जितेको हो ।
लिगअन्तर्गत पीएसजीले लेन्ससँग १-१ को बराबरी खेलेपछि चार खेल अगावै उपाधि जितेको हो । पीएसजीको यो १० औँ लिग उपाधि हो । विगत १० वर्षमा पीएसजीले ८ पटक लिगको उपाधि जितेको हो ।
उपाधिका लागि पीएसजीलाई केवल एक अंकको आवश्यकता रहेको थियो । पीएसजीका लागि एकमात्र गोल मेस्सीले गरेका थिए । पिएसजीका लागि लिगमा मेस्सीको यो चौथों गोल हो । नेयमारले दिएको पासमा मेस्सीले गोल गरे ।
सन् २०१७ मा मेनाको र २०२१ मा लिलले उपाधि हात पारेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया