के कारणले मुम्बईले लगातार पराजय भोग्दै छ ?
काठमाडौँ - पाँच पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन मुम्बई इन्डियन्सले जारी सिजनमा लगातार ८ खेलमा पराजय भोगेको छ । आठौं खेलमा उसले लखनउविरुद्ध ३६ रनको पराजय भोग्न बाध्य भयो र जसका कारण प्लेअफमा पुग्ने उसको सम्भावना पनि टुंगिएको छ ।
जारी सिजनमा लखनउले मुम्बईलाई लगातार दोस्रो पटक पराजित गरेको हो । लखनउको जितमा केएल राहुलले १ सय ३ रन बनाए । उनले पहिलो खेलमा पनि मुम्बईविरुद्ध १ सय ३ रन नै बनाएका थिए ।
मुम्बईले लगातार ८ खेलमा पराजय भोग्नुका कारण मध्ये एक कारण ईशान किसनले राम्रो प्रदर्शन गर्न तथा टिमलाई राम्रो सुरुवात दिलाउन सकेका छैनन् ।
उनको बलियो पक्ष भनेको हिटिङ गर्न सक्ने हो तथा सुरुवातमा उनले आफ्नो क्षमता प्रदर्शन पनि गरे तर अहिले उनले आफ्नो क्षमता प्रदर्शन गर्न सकेका छैनन् । उनलाई मुम्बईले १५ करोड २५ लाखमा खरिद गरेको थियो ।
यता मिडल अर्डरमा डेवाल्ड ब्रेभिस अथवा कप्तान रोहित शर्माले फिनिसिङ गर्न सकिरहेका छैनन् । कप्तान रोहित शर्माले पनि खेलाडीहरूले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको बताइरहेका छन् ।
मिडल अर्डरमा मुम्बईले लगातार विकेट गुमाउनुका साथै रनरेटमा पनि सुधार गर्न सकिरहको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया