राष्ट्रिय फुटबल टिममा विराजको पुनरागमन, नवयुग बाहिरिए
काठमाडौँ: किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । बुधबार घोषणा गरिएको टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक किरणलाई कप्तानी दिँदा स्ट्राइकर नवयुग श्रेष्ठ भने टिममा परेनन् । काठमाडौँमा जारी थ्री-नेसन्सका लागि घोषित टोलीमा नवयुग सहित १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् । गोलरक्षकद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार घोषित राष्ट्रिय टोलीमा परेनन् भने पाल्साङ लामा, सुरज विक र विकास खवास पनि रक्षापंक्तिमा अटाएनन् ।
त्यस्तै, हेमन्त थापा मगर र सन्तोष तामाङलाई पनि बालगोपालले छानेनन् । नवयुगसँगै त्रिभुवन आर्मीका अर्का स्ट्राइकर जर्जप्रिन्स कार्की र आशिष लामाको यात्रा पनि बन्द प्रशिक्षणमै सिमित भयो । केही स्थापित खेलाडीहरू टिममा नपर्दा पूर्व कप्तान विराज महर्जनले भने पुनरागमन गरेका छन् । एक वर्षसँम्म नेपाली टिमबाट बाहिर रहेका विराज थ्री-नेसन्स पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।
नेपालले थ्री-नेसन्स कपको आफ्नो पहिलो खेलमा बिहीबार बंगलादेशको सामना गर्दैछ । प्रतियोगितामा बंगलादेशले किर्गिस्तानको अण्डर-२३ लाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।
नेपाली टोलीः
गोलरक्षक - किरण कुमार लिम्बु, विकेश कुथु र दिप कार्की
डिफेन्डर - रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डर - त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान
फरवार्ड - अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया