इटालियन डिफेन्डर चिलिनीले सन्न्यास लिने
काठमाडौँ - इटाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन् । वेम्बलीमा जुनमा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलपछि चिलिनीले सन्न्यास लिने भएका हुन् ।
३७ वर्षीय चिलिनीले इटालीका लागि १ सय १६ खेल खेलेका छन् । उनले इटालीले यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट टिममा रहे पनि इटाली भने विश्वकपमा स्थान बनाउन सकेन ।
इटालियन सिरि ए अन्तर्गत युभेन्टसले सासुओलोविरुद्ध २-१ जित हात पारेपछि चिलिनीले सन्न्यासको घोषणा गरे । चिलिनीले सन् २००४ मा इटालीका लागि डेव्यू गरेका थिए ।
उनी गत वर्ष युरोपियन च्याम्पियनशीपको फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दा चिलिनी एक मुख्य सद्स्य रहेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया