६ खेलाडीलाई कल्याणकारी कोषको आर्थिक सहयोग
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले मंगलबार विभिन्न ५ खेलका ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरेको हो ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यसैगरी, भलिबलकी रिया कुँवरलाई ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९ सय १४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीलाई ८० हजार प्रदान गरिएको हो । केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सिमा र कोपिलालाई घुडामा चोट तथा दीपकलाई काँघको समस्या छ ।
कोषका अध्यष समेत रहेका राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए ।
‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाचो छ,’ घिसिङले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया