खेलकुद

लुका मोड्रिच: ३६ वर्षमा पनि उत्कृष्ट लयमा

इकागज |
बैशाख १३, २०७९ मंगलबार १६:० बजे

स्पेनिस क्लब रियर म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच ३६ वर्ष पुगे तर उनका लागि उमेर केवल एउटा नम्बर मात्र हो ।

च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटीका लागि लुका एक ठूलो चुनौतीका रुपमा रहनेछन् । किनभने उनको उमेर बढेसँगै प्रदर्शनमा पनि सुधार हुँदै गएको छ ।


उनको दोहोरो क्षमता अर्थात पछाडीबाट खेललाई एउटा लय प्रदान गर्ने तथा विपक्षीको पेनाल्टी क्षेत्रमा गोलको अवसर सृजना गर्न सक्ने क्षमताले लुकालाई रियलको एउटा बलियो खम्बाको रुपमा लिइन्छ ।

उनले यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा चेल्सीबिरुद्ध रोड्रिगोलाई दिएको पासलाई 'पास अफ द डिकेड' को रुपमा उल्लेख गरिएको छ ।

उनको उक्त पासका बारेमा स्पेनिस पत्रिका मार्काले पिचमा लुका भए केही पनि असम्भव नभएको तथा उनको शालिक नै बनाउनुपर्ने लेखेको थियो ।

रियलका अध्यक्ष फ्लोरेन्टिनोले स्पेनिस सुपर कपको फाइनलमा गरेको प्रदर्शनका आधारमा लुकालाई बालोन डी'ओर नै दिनुपर्ने धारणा राखेका थिए ।

३६ वर्षको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने तथा उनको ऊर्जा देखेर अधिकांश प्रभावित हुने गरेका छन् । उनको उमेरलाई लिएर टिमभित्रै व्यंग्य समेत गर्ने गरिन्छ अर्थात रोड्रिगोका बुवा भन्दा लुकाको उमेर केवल एक बर्षले कम छ । त्यसै कारण लुकलाई बुवा तथा रोड्रिगोलाई छोराको रुपमा उपनाम दिइएको छ । त्यतिमात्र नभएर रोड्रिगोले लुकालाई ह्यापी फादर्स डे भनेर सुभकामना समेत दिए ।

टोटेनहमबाट सन् २०१२ मा रियल आएका लुकालाई सन् २०१३ मा प्रशिक्षक नियुक्त भएका कार्लो एन्सेलोटीले मुख्य खेलाडीको रुपमा स्थान दिए । उक्त सिजनमा रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन एटलेटिको म्याड्रिडविरुद्ध सर्जियो रामोसलाई दिएको पास क्लबकै इतिहासको उत्कृष्ट क्षणको रुपमा रहेको छ ।

त्यसपछि उनले पछाडी फर्केर हेर्नुपरको छैन् र उनले त्यसपछि तीन पटक च्याम्पियन्स लिग र एक पटक बालोन डी'ओर प्राप्त गरे । पछिल्ला केही महिनाको उनको प्रदर्शनले यो स्पष्ट पारेको छ कि उनमा अझै फुटबल बाँकी छ ।

बीबीसीको सहयोगमा ।


Author

थप समाचार
x