खेलकुद

ब्राजिलले छैठौं पटक विश्वकप जितेको हेर्ने पेलेको चाहना

इकागज |
बैशाख १३, २०७९ मंगलबार १७:७ बजे

काठमाडौँ – ब्राजिलियन फुटबल लिजेन्ड पेलेले ब्राजिलले छैठौं पटक फिफा विश्वकपको उपाधि जितेको हेर्न चाहेको बताएका छन् । कतारले यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दै छ र उक्त विश्वकपको उपाधि ब्राजिलले जितेको हेर्ने चाहना रहेको पेलेले बताए ।

विश्वकपमा सर्वाधिक सफल टोली मानिएको ब्राजिलले अन्तिम पटक दुई दशक अघि जापान र दक्षिण कोरियामा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।


८१ वर्षीय पेलेले सामाजिक सञ्जाल इन्स्टाग्राममा विश्वकपको ट्रफीसहितको फोटो राख्दै आफूले ब्राजिलले उपाधि जितेको हेर्न चाहेको लेखेका छन् ।

फुटबलका सबैभन्दा महान खेलाडीको उपमा पाएको पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए । उनले ब्राजिलका लागि ९१ खेल खेल्दै ७७ गोल गरेका छन् । उनले समग्रमा राष्ट्रिय टिम तथा क्लब गरी १ हजार २ सय ८१ गेल गरेका छन् ।

पेले अहिले क्यान्सरसँग जुधिरहेका रहेका छन् ।


Author

थप समाचार
x