खराब प्रदर्शन गरिरहेको मुम्बई आईपीएलको सर्वाधिक मूल्यवान टिम
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पाँच पटकको विजेता मुम्बई इन्डियन्स अहिलेसम्मकै असफल यात्रा गरेपनि आईपीएलको यस सिजनको सर्वाधिक मूल्यवान टिम हो । फोर्ब्सले मुम्बई आईपीएलको फ्रेन्चाइज टिममध्ये यस सिजनको सबैभन्दा मूल्यवान टोली रहेको जनाएको छ ।
फोर्ब्सका अनुसार मुम्बईको मूल्य १.३ बिलियन अमेरिकी डलर रहेको छ । यता खराब प्रदर्शन गरिरहेको अर्को टिम चेन्नई सुपर किंग्सको मूल्य भने १.१५ बिलियन डलर छ ।
जारी सिजनमा मुम्बईले ८ मध्ये ८ खेलमै पराजित हुदा चेन्नईले ८ मध्ये ६ खेलमा पराजय भोगेको छ ।
कोलकाता नाइट राइडर्सको मूल्य १.१ बिलियन डलर, लखनउ सुपर जायन्टसको १.०७५ बिलियन डलर, दिल्ली क्यापिटल्सको १.०३५ बिलियन, रोयाल च्यालेन्जर्स बैंग्लोरको १.०२५ बिलियन, राजस्थान रोयल्सको १ बिलियन, सनराइजर्स हैदराबादको ९७० मिलियन, पञ्जाब किंग्सको ९२५ मिलियन र गुजरात टाइटन्सको ८५० मिलियन रहेको छ ।
फोर्ब्सको मूल्याङ्कनमा उल्लेख भए अनुसार प्रत्येक फ्रेन्चाइजको औसत मूल्य ६७ मिलियन डलर रहेकोमा लिगमा दश टिम आएपछि औसत मूल्य १.०४ बिलियन डलर पुगेको छ, जुन २४ प्रतिशतको वार्षिक वृद्धि दर हो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया