खेलकुद

जब अफगान महिला फुटबल खेलाडी अष्ट्रेलियाको मैदानमा सँगै उत्रिए...

इकागज |
बैशाख १४, २०७९ बुधबार १६:१३ बजे

काठमाडौँ – तालिवानले सत्ता कब्जा गरेपछि कतिपय अफगानिस्तानका महिला फुटबल खेलाडी अष्ट्रेलिया पुगे । र उनीहरुले गत आइतबार अष्ट्रेलियाको एक स्थानिय लिग खेलमा सहभागिता जनाए । 

भिक्टोरियामा भएको खेल गोलरहित बराबरीमा टुंगियो । तर अफगानी महिला फुटबल खेलाडीहरुका लागि भने यो एउटा शसक्त तथा सांकेतिक जित थियो किनभने अष्ट्रेलियामा आएपछि उनीहरु पहिलो पटक सँगै मैदानमा उत्रिएका थिए ।


' उक्त खेलले के देखायो भने तालिवानले खेलाडीहरुलाई छेक्न सक्दैन । हामी अफगानिस्तानका जनताका लागि खेल्न आफ्नो संघर्ष जारी राख्ने छौं,' कप्तानको भूमिकामा रहेकी निलावले बताइन् । तर उनले अफगानिस्तानमा रहेका आफ्ना आफन्तको सुरक्षाका लागि थर भने खुलाइनन् । 'हामीले देश छाडेपनि देशको बारेमा सोचिरहेका छौ,' उनले थपिन् ।

आठ महिना अगाडी तालिवानले सत्ता कब्जा गरेपछि दर्जनौ अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तथा उनीहरुका परिवारका सदस्यलाई भाग्न सहयोग गरेको थियो । 

सत्तामा आएसँगै तालिवानले अफगानिस्तानमा महिलाको अधिकार कटौती गर्दै उनीहरुको शिक्षा तथा खेलकुदमाथि प्रतिबन्ध लगाएको छ । साथै पुरुषसँगै नभए महिलालाई एक्लै विमान यात्रामा समेत रोक लगाएको छ । 

खेलाडीहरु विभिन्न देशमा भागेपछि महिला फुटबल टिम टुक्रिएको थियो । कैयौं मेलवर्न वरीपरी बस्न थाले र त्यहाको महिला ए-लिग खेल्ने मेलवर्न भिक्ट्रीले उनीहरुलाई मैदानमा फर्किन सहयोग गर्यो ।

गोलरक्षक फातिमाले तालिवान सत्तामा आएपछि सामाजिक सञ्जालका तस्बिरहरु देखेर मानिसहरुले खेलाडीहरुले देश छाड्न आवश्यक परेको साहसबारेमा बुझ्न सक्ने विश्वास व्यक्त गरिन् ।

'उनीहरूले बुझ्न सक्छन् कि हामी सबैको लागि त्यो परिस्थिति कति कठिन र चुनौतीपूर्ण थियो,'उनले थपिन् । अहिले हामीले एउटा टिम, सँगै र सशक्त रुपमा खेलिरहेका छौ । यो अविश्वसनिय छ,' उनले बताइन् ।

टिमका प्रशिक्षक जेफ हप्किन्सले मेलवर्नको इटिए बफेलो एससीविरुद्धको प्रशंसा गरे । 'यी युवा खेलाडीहरु मात्र उनीहरूलाई समान रूपमा व्यवहार गरिनुपर्ने तथा उनीहरूलाई मनपर्ने खेल खेल्न सक्षम हुने मौका दिइयोस् भन्ने मात्र चाहन्छन्,' हप्किन्सले बताए ।  एजेन्सीको सहयोगमा 


 


Author

थप समाचार
x