खेलकुद

श्रीलंकासँगको पहिलो टेस्ट जित्न वेष्ट इण्डिजलाई ३७५ रनको लक्ष्य

इकागज |
चैत १२, २०७७ बिहीबार ६:३९ बजे

काठमाडौँ : पाथम निशंकाले शतक बनाएपछि श्रीलंकाले पहिलो टेस्टमा वेष्ट इण्डिजसामु ३७५ रनको चुनौति पेश गरेको छ । पाथमको शतक मद्दतमा श्रीलंकाले दोस्रो इनिङमा ४७६ रन बनाउन सफल भयो ।

पहिलो इनिङमा १६९ रनमै अलआउट भएको श्रीलंकाले वेष्ट इण्डिजलाई २७१ रनमा रोक्न सफल भयो । पहिलो इनिङमा १०२ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिङमा सुधारिएको प्रदर्शन गदैै विशाल योगफल बनाउन सक्यो ।


श्रीलंकाका लागि पाथमले १०२, निरोशन डिक्वेलाले ९६, ओशाना फर्नाण्डोले ९१ र लाहिरु थिरिमान्नेले ७६ र धनन्जय डी सिल्भाले ५० रन बनाए । लक्ष्य पछ्याउँदै दोस्रो इनिङ थालेको वेष्ट इण्डिजले पहिलो विकेट गुमाउँदा ३४ रन जोडेको छ । अन्तिम दिन उसलाई जितका लागि ३४१ रन चाहिएको छ । हातमा ९ विकेट बाँकी छ । 

वेष्ट इण्डिज भ्रमणमा रहेको श्रीलंकाले यसअघि भएका टी-ट्वान्टी र एकदिवसीय सिरिज गुमाएको थियो । दुई खेलको टेस्टमा जित निकाल्ने उसको योजना छ ।  


Author

थप समाचार
x