खेलकुद

जिम्बावेविरुद्धको शृंखला: अमेरिकी भ्रमण अघि अवसर, के भन्छन् प्रशिक्षक र कप्तान

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १८:५२ बजे

काठमाडौं -​ जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आफ्नो तयारी पूरा भएको जनाएको छ । 

नेपाली टिमका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकले टिमको तयारी राम्रो भएको र शृंखला जित्न खेल्ने बताए । 


यस्तै सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग-२ खेल्नु अघि यो अभ्यासलाई सहज हुने बताए । यस्तै नेपाली टिमलाई आफ्नो गल्ती सुधारको अवसर रहने बताएका छन् । 

नेपालले घरेलु मैदानमा वैशाख १७ गतेदेखि (भोलि )  जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

के भन्छन् दुवै टोलीका कप्तान कोच :

सन्दीप लामिछाने 
कप्तान, नेपाली टिम 

जिम्बावे टिमलाई स्वागत छ । हाम्राे टिम सन्तुलित छ । हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयाेग गर्याै र काम पनि गर्येा  । हाम्राे लागि अमेरिका जानु अघि याे राम्राे अवसर हाे । जिम्बावे राम्राे टिम हाे । उनीहरुसंग खेल्न सजिलाे हुने छैन । प्रतिस्पर्धा हुने अपेक्षा छ । तयारी राम्राे छ सबै खेलाडी तयार छन् । 

पुबुदु दासानायके 
प्रशिक्षक, नेपाली टिम 

 जिम्बावेलाई स्वागत छ । खुशी छाैँ स्वागत गर्न पाउदा । हाम्राे लागि अमेरिका टुर अघि अवसर हाे । अबकाे दश महिना हाम्राे क्रिकेट व्यस्त छ । २४ खेल बाँकी छ ।
हामी त्यसअघि (विश्वकप लिग-२)  युवा खेलाडीलाई अवसर दिन क्वालिटी क्रिकेट खेल्न चाहन्छाैँ । जिम्बावे ए सँग क्वालिटी क्रिकेट खेल्ने योजना छ । यू१९ टिमका केही खेलाडी पनि छन् ।

जिम्बावे कप्तान टाेनी :
हामी नयाँ अनुभव हेर्दैछाैँ । हाम्राे टिम युवा छ । राम्राे गर्न तयार छाैँ । 

जिम्बावे काेच: डौग्लास होन्डु 
हामी युवा टिम लिएर आएका छाैँ । हामीले केही रिजनल खेल खेलेका थियाैँ । हाम्राे लागि याे टुर धेरै महत्वपूर्ण छ । यहीबाट खेलाडीहरु राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा गर्दैछन् । नयाँ युवा खेलाडीहरु छन् । हाम्राे खेलाडीकाे लागि यहाँ चुनाैतीपुर्ण अवसर हुनेछ । प्रतिस्पर्धात्मक सिरिजकाे अपेक्षा छ ।


Author

थप समाचार
x