एसियाडको प्रारम्भिक चरणमा ३२ बक्सर छनोट
काठमाडौँ - नेपाल बक्सिङ संघले १९ औँ एसियन गेम्सको प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । एसियन गेम्स चीनमा सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुँदैछ ।
छनोट प्रतियोगिताबाट महिलातर्फ ५१ केजी तौलसमूहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी रहेका छन् । ५७ केजी तौलसमूहमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ रहेका छन् ।
६० केजी तौल समूहमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा र वर्षा श्रेष्ठ रहेका छन । ६९ केजी तौलसमूहमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनिता थापा मगर र निरु गुरुङ प्रारम्भिक चरणका लागि छनोट भएका छन् ।
पुरुषतर्फ ५२ केजी तौलसमूहमा चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी छनोट भएका छन् भने ६७ केजी तौलसमूहमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी रहेका छन् ।
६३ केजी तौलसमूहमा भुपेन्द्र थापा, लालु आले, निशान दास र सोनाम सार्की तथा ७५ केजी तौलसमूहमा दिपक श्रेष्ठ, शनील शाही, दिपेश लामा र साजन तामाङ छनोट भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया