फेयर ब्रेक टी-ट्वान्टी खेल्न रुविना र सीता युएई जाँदै
काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी खेल्न जान लागेका क्रिकेटर रुविना क्षेत्री र सीता राना मगरलाई बिदाइ गरेको छ ।
नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना र उपकप्तान सीता शनिबार प्रतियोगिताका लागि युएई प्रस्थान गर्दैछन् । प्रतियोगिता दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा मे १ देखि १५ तारिखसम्म आयोजना हुनेछ ।
उनीहरूलाई क्यानका पदाधिकारी तथा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिदाइ गरे ।
६ टिमको सहभागिता रहने प्रतियोगितामा रुविनाले बर्मी आर्मी तथा सीताले टोर्नाडोजबाट खेल्नेछन् । प्रतियोगितामा टेष्ट राष्ट्रसहित ३० देशका उत्कृष्ट खेलाडीको सहभागिता रहनेछ ।
रुविनाले पाकिस्तानकी फास्टबलर फातिमा साना तथा बंगलादेशकी रुमानासँगै टिममा रहेकी छन् । वेस्ट इन्डिजकी डियन्द्रा डोटिन र सेमाइने काम्पवेल पनि बर्मा आर्मी टिममा छन् । बर्मा आर्मीको प्रशिक्षकमा इंग्ल्यान्डकी लायडिया ग्रिनवे रहेकी छन् ।
यता सीताले खेल्ने टोर्नाडोजमा वेस्ट इन्डिजकी कप्तान स्टेफनी टेलर, न्यूजिल्यान्डकी सोफी डिभाइन, दक्षिण अफ्रिकाकी सुने लुस, पाकिस्तानकी अलिया राएज र डियना बैग रहेका छन् । प्रशिक्षकमा भारतकी अन्जु जैन रहेकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया