पूर्व विम्बल्डन च्याम्पियन बोरिसलाई जेल सजाय
काठमाडौँ - पूर्व विम्बल्डन च्याम्पियन बोरिस बेकरलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ । जर्मन नागरिक बेकरले ऋण तिर्नबाट जोगिनका लागि २.५ मिलियन पाउण्ड बराबरको सम्पत्ति र ऋण लुकाएको आरोपमा जेल सजाय सुनाइएको छ ।
६ पटकका ग्रान्ड स्लाम विजेता ५४ वर्षीय बेकरलाई इन्सोलभेन्सी एक्ट अन्तर्गत चार आरोपमा दोषी पाइएको बीबीसीले उल्लेख गरेको छ ।
यो मुद्दा जून २०१७ मा बेकरको टाट पल्टिएकोमा केन्द्रित थियो जुन स्पेनको माल्लोर्कामा रहेको उनको सम्पत्तिमा ३ मिलियन युरो भन्दा बढीको भुक्तान नगरिएको ऋणको परिणाम हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया