अलमुताइरीको निर्णयमा एन्फाले हस्तक्षेप गर्न मिल्दैन : अध्यक्ष कर्मा
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा ) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको निर्णयमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।
एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणका लागि खेलाडीलाई आवश्यक सुविधा उपलब्ध नगराइएको भन्दै बन्द प्रशिक्षणमा रहेका खेलाडी र मुख्य प्रशिक्षक अलमुताइरीबीच विवाद भएको थियो । सोही क्रममा खेलाडीहरुले प्रशिक्षकले आफूहरुलाई बन्द प्रशिक्षण छाड्न भनेको बताउदै बन्द प्रशिक्षण छाडेका थिए ।
खेलाडीहरुले बन्द प्रशिक्षण छाडेपछि प्रशिक्षक अलमुताइरीले नयाँ १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । जसमध्ये गोलरक्षक विकेश कुथुले भने प्रशिक्षणमा सहभागी नहुने तथा खेलाडीको पक्षमा रहेको जनाएका छन् ।
तर एन्फा अध्यक्ष कर्माले भने प्रशिक्षकले बन्द प्रशिक्षणका लागि अन्य खेलाडीलाई बोलाएको विषयमा हस्तक्षेप गर्न नसकिने इकागजलाई बताए ।
'नेपालमा मात्र होइन कुनै पनि देशमा फुटबल संघका अध्यक्षको हस्तक्षेप हुदैन् । खेलाडी छनोटको मापदण्ड प्रशिक्षकले बनाएका हुन्छन्, उत्कृष्ट खेलाडी राख्नुपर्यो । यसमा प्रशिक्षकको निर्णय हुन्छ, संघले केही गर्ने होइन्,' कर्माले थपे ।
उनले विवादका बारेमा सम्बन्धित पक्षसँग आन्तरिक रुपमा छलफल भइरहेको तथा प्रकृयागत रुपमा समस्याको समाधान गरिने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया