खेलकुद

नेपाल र जिम्वाबे ए बीचको खेल तालिकामा व्यापक परिवर्तन

इकागज |
बैशाख १७, २०७९ शनिबार १६:३७ बजे

काठमाडौँ –  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र जिम्वाबे ए बीचको दुई क्रिकेट सिरिज (५० ओभर र टी-ट्वान्टी) को खेल तालिकामा व्यापक परिवर्तन गरेको छ ।

क्यानले यस अघि सार्वजनिक गरेको तालिकामा नेपाल र जिम्वाबे ए बीचको ५० ओभरको तीन खेलकी सिरिज शनिबारबाट सुरु हुने तालिका रहेका थियो । तर वर्षाका कारण शनिबारको पहिलो ५० ओभरको खेल  हुन नसकेन् ।


तर क्यानले सार्वजनिक गरेको तालिका अनुसार अब टी-ट्वान्टी सिरिज पहिले हुने भएको छ । टी-ट्वान्टीको पहिलो खेल आइतबार हुने भएको छ । दोस्रो खेल सोमबार तथा तेस्रो खेल बुधबार हुने क्यानले जनाएको छ ।

यता ५० ओभरको सिरिजको पहिलो खेल मे ६, दोस्रो खेल मे ७ र तेस्रो खेल मे ९ तारिखमा हुने भएको छ ।

यस अघि शनिबार त्रिवि क्रिकेट मैदानमा लगातार वर्षा जारी रहेपछि म्याच अफिसियलले शनिबारको खेल रद्द गरेका थिए । नेपाल क्रिकेट संघले एक सूचना जारी गर्दै खेल रद्द भएको तथा उक्त खेलको तालिका पुन: सार्वजनिक गर्ने जनाएको थियो ।


Author

थप समाचार
x