खेलकुद

जिम्वाम्बेविरुद्ध टी–२० खेल्ने नेपाली टोलीको घोषणा

इकागज |
बैशाख १७, २०७९ शनिबार १८:५८ बजे

फाइल तस्‍बिर

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले जिम्वाम्बेविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको हो ।

शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल र जिम्वाबे ए बीच तीन खेलको श्रृङ्खला चल्नेछ । सोअनुसार पहिलो खेल आइतबार हुने तय गरिएको छ ।


नेपाली टोलीमा कप्तान लामिछानेसँगै सोमपाल कामी, अविनाश बोहरा, सागर ढकाल, कुशल भुर्तेल, आसिफ शेख, विवेक यादव, बसिर अहमद,  रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सहाब आलम, किशोर महतो, लोकेश बम र भीम सार्की रहेका छन् ।


Author

थप समाचार
x