छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजदेखि
काठमाडौँ - छैटौँ संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुनेछन् । पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खेल १० बजे शुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लवबीच खेल हुनेछ । यो खेल १२ बजे सुरु हुनेछ । त्यस्तै तेस्रो खेलमा त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । खेल २ बजे सुरु हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लव, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावी रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार रुपैयाँ पाउँदा व्यक्तिगत विधातर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया