जुडोका २८ खेलाडी छनोट
काठमाडौँ – १९ औँ एसियन गेम्सको प्रारम्भिक चरणका लागि जुडोमा २८ नेपाली खेलाडी छनोट भएका छन् । जसमा समान १४ पुरुष तथा १४ महिला खेलाडी रहेका छन् ।
पुरुष ६० केजीमुनि उमेश मगर र सुबोध मण्डल, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र उत्तम प्रधान श्रेष्ठ तथा ७३ केजीमुनि सन्जित डंगोल र सुदेश दोङ रहेका छन् ।
त्यसैगरी, ८१ केजीमुनि जंगबहादुर सारु र योगेन्द्र विष्ट, ९० केजीमुनि मनीष महतो र सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र हिमान्शु गुप्ता तथा १०० केजीमाथि राजन जोशी र रन्जेश गोले छनोट भए ।
महिला ४८ केजीमुनि सुमित्रा राई र निशा श्रेष्ठ, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र रत्ना तामाङ तथा ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र विमला आले मगर रहेका छन् ।
६३ केजीमुनि लीला अधिकारी र देवीका खड्का, ७० केजीमुनि पुनम श्रेष्ठ र निशा चौधरी तथा ७८ केजीमुनि दीपा गुरुङ र रचना श्रेष्ठ प्रारम्भिक चरणका लागि छनोट भएका छन् । ७८ केजीमाथि आकृति जोशी र अस्मिता गोले छनोट भए ।
इन्द्र, देवकी र निशा सहोदार दाइ बहिनी हुन् । जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया