अमेरिकाका नाइटन बने चौथों सर्वाधिक तीव्र गतिका धावक
काठमाडौँ – अमेरिकाका इरियोन नाइटन २०० मिटर दौडमा चौथों सर्वाधिक तिव्रगतिका धावक बनेका छन् । लुसियानामा भएको एलएसयू इन्भिटेसनल दौड अन्तर्गत १८ वर्षीय नाइटनले १९.४९ सेकेन्डमा २०० मिटरको दूरी तय गरे ।
१९.१९ सेकेन्डमा २०० मिटरको दूरी तय गर्ने जमैकन धावक उसेन बोल्ट सर्वाधिक तिव्र गतिका धावक हुन् । जमैकाकै योहान ब्लेकले १९.२६ सेकेन्ड तथा अमेरिकाका माइकल जोनसनले १९.३२ सेकेन्डमा उक्त दूरी तय गरेका छन् ।
नाइटनको उक्त समय सन् २०१२ मा बोल्टले ओलम्पिकमा स्वर्ण जितेपछिकै सर्वाधिक छिटो हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया