नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य
काठमाडौँ – पहिलो टी- ट्वान्टी खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै जिम्बावे ए लाई १ सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन जोड्यो ।
आदिल अन्सारीले २७ बलमा अविजित रहदै सर्वाधिक ४७ रनको योगदान गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोड्दा ८ चौका हिर्काए । रोहित पौडेलले ३६ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १३ बलमा १ चौका र दुई छक्कासहित २८ रन जोडे ।
जिम्बावेका लागि ब्राड इभान्स, लुक जोङग्वा, ब्रान्डन माभुटा र जोन समाराले एक-एक विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया