खेलकुद

जिम्बावे 'ए' विरुद्ध नेपाल पराजित, दुई खेलाडीको अर्धशतक

इकागज |
बैशाख १८, २०७९ आइतबार १६:२१ बजे

काठमाडौँ –  जिम्बावेविरुद्धको पहिलो टी- ट्वान्टी खेलमा नेपालले पराजित भएको छ । त्रिवि मैदानमा भएको खेलमा पाहुना टोली जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।

१ सय ८२ रनको लक्ष्य जिम्बावेले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि टाडिवानासे मारुमानीले ४१ बलमा सर्वाधिक ५६ रन जोडे । उनले समान ३ चौका र ३ छक्का प्रहार गरे ।


कप्तान टोनी मुनयोंगाले २३ बलमा ७ छक्का प्रहार गर्दै ५० रन जोडे । इनोसेन्ट काइया ३० बल खेल्दै ९ चौका प्रहार गरेर ४७ रनमा आउट भए ।

नेपालका लागि बसिर अहमदले दुई विकेट तथा कप्तान सन्दीप लामिछाने र करण केसीले एक-एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय रन जोड्यो । आदिल अन्सारीले २७ बलमा अविजित रहदै सर्वाधिक ४७ रनको योगदान गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोड्दा ८ चौका हिर्काए । रोहित पौडेलले ३६ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १३ बलमा १ चौका र दुई छक्कासहित २८ रन जोडे ।  

जिम्बावेका लागि ब्राड इभान्स, लुक जोङग्वा, ब्रान्डन माभुटा र जोन समाराले एक-एक विकेट लिए ।


Author

थप समाचार
x