राष्ट्रिय खेलकुदमा कर्णालीले २७ खेलमा भाग लिने
काठमाडौँ - गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदले जनाए अनुसार खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ । बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया